Friday, December 5, 2025
Homeकला र साहित्यचौथो कोशी प्रदेशस्तरीय कविता प्रतियोगिताको उपाधी केशव रिमाललाई

चौथो कोशी प्रदेशस्तरीय कविता प्रतियोगिताको उपाधी केशव रिमाललाई

इटहरीः चौथो कोशी प्रदेशस्तरीय कविता प्रतियोगिताको उपाधि केशव रिमालले हात पारेका छन् । ११७ औँ लक्ष्मी जन्मजयन्तीको अवसर पारेर पूर्वेली साहित्यिक मञ्च, वराह –६ चक्रघट्टी, सुनसरीले आयोजना गरेको प्रतियोगितामा १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै सुनसरीका रिमालले उक्त उपाधि हात पारेका हुन् ।

सो प्रतियोगितामा सुनसरीकी सगुन पोखरेलले दोस्रो, भोजपुरकी दीपा लुइँटेलले तेस्रो र सुनसरीकी पुष्पा बोगटीले सान्त्वना पुरस्कार हात पारे ।

प्रतियोगितामा सुनसरीकी मिलनकुमारी नायकलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेले १२ हजार नगदसहित प्रमाणपत्र, दोस्रो हुनेले ७ हजार नगदसहित प्रमाणपत्र, तेस्रो हुनेले ४ हजार नगदसहित प्रमाणपत्र र सान्त्वनाले २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा प्रदेशभरिबाट ८४ रचनाहरू प्राप्त भएका र ती रचनाबाट उत्कृष्ट २० छुट्याइएको आयोजक संस्थाले जनाएको छ ।

कवि मनु मञ्जिल प्रमुख अतिथि रहेको उक्त प्रतियोगितामा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, सिर्जनामा इनरुवाका सचिव रमेन्द्र कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागका सदस्य रामप्रसाद खरेल, स्रष्टाहरू रोशन परियार र टिङ्कु भट्टराईलगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यका अतिरिक्त सामाजिक तथा राजनीतिक व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा लेखक तथा साहित्यकार केशु विरहीले लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा गरेका थिए ।

कोशी प्रदेशका विभिन्न जिल्लाका स्रष्टा, कलाकारहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नवराज पोखरेल ‘नवशिला’, प्रिन्स प्रमोदकुमार ढकाल, रमेन्द्र कोइराला, अच्युत भट्टराई, हिक्मत खड्का, दुर्गा बस्नेत, साजन कोइरालालगायतले अप्रतियोगी रचना वाचन गरेका थिए ।

प्रतियोगितामा निर्णायकका रूपमा कवि भरत बर्बरिक, कवि तथा समीक्षक टीका आत्रेय र अनुसन्धाता रमेश काफ्ले रहेका थिए ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट साहित्यलाई योगदान पु¥याउने सङ्गम विष्ट र अर्जुन श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । आयोजक संस्थाको विकासमा उल्लेखनीय योगदान पुर्याएवापत् गजलकार रोमु अधिकारीलाई सम्मान गरिएको थियो ।
पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्तोष चम्लागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन युवराज भट्टराईले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments