Friday, December 26, 2025
Homeकृषिजिल्ला कृषि सहकारी संघको साधारणसभामा दुई संस्था र दुई सहकारीकर्मी सम्मानित

जिल्ला कृषि सहकारी संघको साधारणसभामा दुई संस्था र दुई सहकारीकर्मी सम्मानित

बेलबारीः जिल्ला कृषि सहकारी संघ लि. मोरङको १७ औँ साधारणसभा बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा २ वटा सहकारी संस्था र २ जना सहकारीकर्मीलाई सम्मान गरिएको थियो । संस्थागत सम्मानतर्फ साना किसान कृषि सहकारी संस्था लि. पाटीगाउँ केराबारी–१ र बेतौना कृषि सहकारी संस्था लि. रंगेली–२ मोरङलाई सम्मान गरिएको थियो । त्यस्तै, लेकाली कृषि सहकारी संस्था लि. विराटनगरका व्यवस्थापक हिरण्य निरौला र सृजनात्मक कृषि सहकारी संस्था लि. मिक्लाजुङ–४ मोरङकी प्रबन्धक अनिता बिकलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

साना किसानको समृद्धि, कृषिमा रूपान्तरण र उद्यमशीलताको विकास भन्ने नारा बोकेको संघले मोरङको बेलबारीस्थित संस्थाको कोल्ड स्टोर भवनको सभाहलमा संघका अध्यक्ष रवीन्द्र आचार्यको सभापतित्वमा साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमका अतिथिहरूले कृषि उपज उत्पादन गर्ने किसानले बजार सुनिश्चितताको अभाव झेलेको बताए । यसको समाधानका लागि कृषि सहकारीहरूले अग्रसर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनीहरूले कृषि सहकारीले बचत संकलनमा मात्र सीमित नरही अनुकरणीय तथा नवीन काम गर्दै आफ्नै ब्रान्ड निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

कृषि उत्पादनको प्याकेजिङ र बजारीकरणमा जोड दिनुपर्ने भन्दै सहकारीबाट उत्पादन गरिएका कृषि सामग्री मिसावटरहित र शुद्ध हुन्छन् भन्ने सन्देश आम नागरिकसम्म पु¥याउन सके बजारीकरणको समस्या नआउने उनीहरूको भनाइ थियो ।

विशिष्ट अतिथि तथा जिल्ला कृषि सहकारी संघका सल्लाहकार हरि बस्नेतले १५ कठ्ठा जमिनमा निर्माण भएको कोल्ड स्टोर पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको जानकारी गराउँदै जेनेरेटरसहित विद्युत् जडानको काम बाँकी रहेको बताए । किसानले उत्पादन गरेका सामग्री सुरक्षित रूपमा राख्न सहयोग पुग्ने भएकाले कोल्ड स्टोर चाँडै सञ्चालनमा ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य तथा प्रदेश कृषि सहकारी संघका अध्यक्ष खगेन्द्रराज भण्डारीले जिल्ला संघलाई मजबुत बनाउन ऋण लगानी आवश्यक रहेको बताए । उनले संस्थागत रूपमा लिइएको ऋण समयमै तिर्नुपर्नेमा जोड दिए ।

सदस्य म्यादी बीमा कार्यक्रम सञ्चालनमा ढिलाइ भएको उल्लेख गर्दै सबै सदस्यलाई सहभागी गराउनुपर्ने तथा पशु बीमा कार्यक्रममा समेत जोडिनुपर्ने धारणा राखे । वनलाई कृषि, वन तथा पर्यटनसँग जोड्दै सबै संघ–संस्थाले एकताबद्ध भएर कृषि उत्पादनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

संघ भनेको नीति तथा कानुनी अप्ठ्यारो पर्दा बहस र पैरवी गर्ने संस्था भएको उल्लेख गर्दै १७ वर्षको यात्रा पूरा गरेको खुसीयालीसँगै अब उत्पादनमुखी कार्यमा केन्द्रित हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments