विराटचोकः गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा पूँजीगत लाभकर झण्डै दोब्बर सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा पूँजीगत लाभकर २२ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । गत आर्थिक वर्ष २०८१\०८२ मा यस्तो कर ४० अर्ब ११ करोड रुपैयाँ सङ्कलन भएको छ ।
नेपालमा आय आर्जनका सबै स्रोतलाई आयकरको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यले वि.सं. २०५८ देखि पूँजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ ।







