Saturday, February 7, 2026
Homeफिचरलगातार तेस्रो दिन सुनको भाउले बनायो उच्च मूल्यको रेकर्ड, चाँदीले बनायो चौथो...

लगातार तेस्रो दिन सुनको भाउले बनायो उच्च मूल्यको रेकर्ड, चाँदीले बनायो चौथो दिन पनि

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्यले उच्च मूल्यको रेकर्ड बनाएको छ । हिजो कायम भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । अस्ति कायम भएको उच्च मूल्यको रेकर्ड हिजो तोडिएको थियो । सुनको भाउले लगातार तेस्रो दिन र चाँदीको भाउले लगातार चौथो दिन उच्च मूल्यको रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६८ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ४२० रुपैयाँ निर्धारण भएको छ ।

सुनको भाउ आज तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको हो ।

हिजो सुनको भाउ तोलामा ५ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments