Friday, February 20, 2026
Homeकृषिलालीगुराँस नगरपालिकामा यस्तो छ उर्वराशक्ति बढाउन अर्गानिक अभियान

लालीगुराँस नगरपालिकामा यस्तो छ उर्वराशक्ति बढाउन अर्गानिक अभियान

वसन्तपुरः माटोको उर्वराशक्ति घट्दै गएको थाहा पाएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ ।

पालिकाले सबै वडामा स्थानीय कृषकको सहभागितामा अर्गानिक खेती विस्तारलाई जोड दिएको छ । त्यसका लागि अर्गानिक उत्पादनलाई मुख्य कार्ययोजना बनाएर अघि बढेको नगरप्रमुख अर्जनु माबोहाङ बताउनुहुन्छ ।

उपप्रमुख जमुना कार्की मगरका अनुसार नगरपालिकाले अर्गानिक उत्पादनको ढुवानी सहज बनाउन दुईवटा कृषि एम्बुलेन्स परिचालन गर्ने योजना बनाएको छ । नगरपालिकाले किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न निःशुल्क बिउविजन, टनेल, पाइप, हेलटेक, अन्य सामग्री, तालिम, प्राविधिक सहयोग र १ देखि ४ रोपनीमा खेती गर्ने कृषकका लागि विशेष अनुदान उपलब्ध गराइरहेको छ ।

किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न नगरपालिका तयार रहेको र आवश्यक परे समर्थन मूल्यमा खरिद गरेर बजारसम्म पु¥याउने योजना पनि रहेको नगरपालिकाको कृषि शाखा प्रमुख आर्यल लिम्बू बताउनुहुन्छ ।

अर्गानिक कृषि प्रणाली अपनाएपछि प्राङ्गारिक मल बनाउन किसानले गाई–भैँसीको मलमूत्र, तितेपाती, असुरो, खरानी जस्ता प्राकृतिक स्रोत प्रयोग गरी रोग–कीरा नियन्त्रण गरिरहेका छन् ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ४५ औँ विश्व खाद्य दिवसको अवसरमा लालीगुराँस नगरपालिकालाई स्वच्छ खाद्यवस्तु उत्पादन र दिगो कृषि योगदानको कदर गर्दै सम्मान पनि गरेको थियो ।

नगरभित्रका कृषकले आलु, बन्दा, मटर, सागसब्जी लगायतका बालीमा अर्गानिक विधि अपनाउँदै, स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपभोक्तासम्म पु¥याउने लक्ष्य पूरा गरिरहेका छन्। नगरपालिकाको यो अभियानले लालीगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादनको नमुना क्षेत्रका रूपमा विकसित गर्दै लगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments