विराटचोकः मोरङको सुन्दरहरैंचामा किवानिस क्लब अफ सुन्दरहरैंचाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममार्फत वर्ष २०२५–२६ का लागि हर्कराज राईको नेतृत्वको नयाँ कार्यसमितिलाई पदस्थापन गरिएको हो ।
पदस्थापन कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्यहरू तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।







