सुन्दरहरैंचाः विभिन्न ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, कालिका पावर कम्पनी र जीवन विकास लघुवित्तले भोलि पुस १८ गते बुक क्लोज गर्दैछन् ।
त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन र लाभांशको हकदार हुन पाउने भएका हुन् ।
हाइड्रोइलेक्ट्रिसिटीले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
युनिभर्सल पावरले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
कालिका पावरले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
जीवन विकास लघुवित्तले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।