काठमाडौंः नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर २ हजार २२७ जनाले मात्र नेतृत्व चयन प्रक्रियामा भाग लिएका छन् ।
नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
हिजो बिहान करिब सवा ९ बजे शुरु भएको मतदान आज बिहान पौने ७ बजे सकिएको हो ।
८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदानको मत परिणाम बिहान ११ बजे भृकुटीमण्डपमै सार्वजनिक गरी प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भएको बताइएको छ ।







