काठमाडौंः सुदूर पश्चिम रोयल्सलाई दोस्रो पटक पनि उपविजेतामै सीमित बनाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
एनपीएलको यो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । उनले ओमोडा कार पुरस्कारबापत पाएका छन् ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले सोबापत पल्सर बाइक प्राप्त गरेका छन् ।
यस्तै रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूर पश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । उनी संयुक्त रूपमा सर्वाधिक विकेट टेकर हुन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगर किंग्सका सन्दीप लामिछाने बने । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।
लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् ।
प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।
फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भएका छन् ।







