Friday, December 12, 2025
Homeकृषिकिसानलाई दूधमा १० रुपैयाँ अनुदान दिने तनहुँको भिमाद नगरपालिकाको निर्णय

किसानलाई दूधमा १० रुपैयाँ अनुदान दिने तनहुँको भिमाद नगरपालिकाको निर्णय

तनहुँः दूध उत्पादक किसानलाई प्रोत्साहन दिन तनहुँको भिमाद नगरपालिकाले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो । नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ ।

नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य प्रतिलिटर रु १२० र खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३० तोकिएको छ ।

यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ ।

पालिकाको यो निर्णयको सर्वत्र प्रशंसा भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments