Friday, December 5, 2025
Homeफिचरविराटनगरमा सोमबार ‘नेपाली कम्युनिष्ट पार्टी’ को एकता सन्देश सभा हुने

विराटनगरमा सोमबार ‘नेपाली कम्युनिष्ट पार्टी’ को एकता सन्देश सभा हुने

विराटनगरः विभिन्न १५ वामपन्थी राजनीतिक दलहरू मिलेर बनेको नवगठित ‘नेपाली कम्युनिष्ट पार्टी’ले सोमबार विराटनगरमा विशाल ‘एकता सन्देश सभा’को आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजे हुने सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सभालाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल लगायत एकता प्रक्रियामा सहभागी भएका सबै घटकका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

२०८२ कात्तिक १९ गते १० राजनीतिक दलहरू बीच एकता भई गठन भएको यो पार्टीमा हाल १५ दल आबद्ध भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments