Friday, December 5, 2025
Homeफिचरलगातार दोस्रो दिन शेयरबजारमा उच्च अङ्कको वृद्धि

लगातार दोस्रो दिन शेयरबजारमा उच्च अङ्कको वृद्धि

विराटचोकः यो साताका शुरुका दुवै दिन शेयर बजारमा उच्च अङ्कको वृद्धि भएको छ । साताको दोस्रो दिन हिजो नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.९४ प्रतिशत अर्थात् ५०.४४ अंकले बढेर २ हजार ६५०.६६ विन्दुमा पुगेको छ ।

३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता शेयर ७९ हजार ७१४ पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ रुपैयाँको शेयर कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । आइतबार ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

सोमबार नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूह सर्वाधिक अर्थात ४.९४ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २४ करोड ८१ लाख ५१ हजार ५४६ रुपैयाँको शेयर कारोबार भएको छ ।

सागर डिष्टिलरी, झापा इनर्जी, बन्दिपुर बेवलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

माबिलुङ इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् ४.४४ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ५० अर्ब ५२ करोड ८५ लाख ३५ हजार ४५३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments