विराटचोकः शनिबार सुकुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सुकुना बहुमुखी क्याम्पसको सभा हलमा भएको साधारणसभामा संस्थाका अध्यक्ष टीकाप्रसाद कट्टेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सो समितिका संयोजक होमप्रसाद खनालले प्रस्तुत गरेका थिए । साधारणसभामा पुरस्कार र प्रशंसापत्र वितरण, नयाँ सदस्य स्वागत तथा छलफल प्रतिवेदन पारित लगायतका कार्यक्रम सञ्चालन गरिएका थिए ।
संस्थाका व्यवस्थापक शारदा ढकालका अनुसार शेयर सदस्य नरेन्द्र बस्नेतकी बुहारी प्रीतिका बस्नेतलाई एमफिल गरेकोमा प्रोत्साहनस्वरूप २५ हजार रूपैयाँ प्रदान गरी सम्मानित गरिएको थियो । संस्थामा नियमित ऋण कारोबार गर्नेमध्ये प्रेमबहादुर श्रेष्ठ तथा लिला कार्की र नियमित बचत गर्नेमध्ये कुलबहादुर थापा तथा उमादेवी मास्केलाई साधारणसभामा सम्मान गरिएको थियो ।
संस्थाका सल्लाहकार सदस्य देवेन्द्रकुमार मास्के, सञ्चालक समिति सदस्य नवराज चापागाईं, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतले साधारणसभामा आफ्नो भनाइ राखेका थिए ।







