Friday, December 5, 2025
Homeफिचरनेकपा एमाले लेटाङ वडा नम्बर ९ को अध्यक्षमा पुनः बद्रीनारायण निरौला सर्वसम्मत

नेकपा एमाले लेटाङ वडा नम्बर ९ को अध्यक्षमा पुनः बद्रीनारायण निरौला सर्वसम्मत

लेटाङः नेकपा एमाले लेटाङ ९ नम्बर वडा कमिटीको अध्यक्षमा पुनः बद्रीनारायण निरौला सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न तेस्रो वडा अधिवेशनले उहाँलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा वुद्धिमान मास्किमगर, सचिवमा घनश्याम राई तथा उपसचिवमा भूपाल विक र निर्मला निरौला निर्वाचित हुनुभएको छ । सदस्यहरूमा बिर्खबहादुर लामगाईं, भूमिका आलेमगर, कृष्णप्रसाद विक, फूलमाया विक, ओमनाथ निरौला, अमृता त्रिखत्री र भूमा निरौला चयन हुनुभएको छ ।

निर्वाचित सबैलाई नगर कमिटी अध्यक्ष खगेन्द्रराज भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । अन्य सदस्य पछि मनोनित गरिने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments