Friday, December 5, 2025
Homeफिचरश्री सहकारी संस्थाको ३४ औँ तथा रेडियो सुसेलीको १५ औँ साधारणसभा सम्पन्न

श्री सहकारी संस्थाको ३४ औँ तथा रेडियो सुसेलीको १५ औँ साधारणसभा सम्पन्न

विराटचोकः श्री सहकारी संस्था लिमिटेडको ३४ औँ तथा रेडियो सुसेलीको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रमेश खड्काको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रदेश राज्यमन्त्री राजकुमार ओझा, पूर्व नगर उपप्रमुख धनमाया तामाङ विशिष्ट अतिथि हुनुहुन्थ्यो । सुन्दरहरैंचा नगरपालिकाको वडा नं. १ का वडाध्यक्ष राम विश्वास खवास, वडा नं. ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ र वडा नं. १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

संस्थाका अध्यक्ष रमेश खड्काले वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिका संयोजक रामप्रसाद गजुरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments