सुन्दरहरैंचाः आज ज्यापू दिवस हो । ज्यापू संस्कृतिको रक्षार्थ वि. सं. २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
नेवा संस्कृति, सङ्गीत, बाजागाजा, भेषभूषा तथा एकताजस्ता पारम्परिक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान दिन यो पर्व मनाउने गरिन्छ ।
हरेक वर्ष काठमाडौं उपत्यकाका भिन्नाभिन्नै स्थानमा ज्यापू दिवसको आयोजना हुने गर्छ । धिमे बाजाको तालमा हाकु पटासी अनि ज्यापू लः पहिरिएर दिवसमा सहभागी हुने गर्छन् ।