विराटचोकः साहित्यकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ को शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ ।
बालमनोविज्ञानमा आधारित सो उपन्यासको लेखक अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी र लेखक छवि वैरागी घिमिरेलगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।
लामो समयको खोज, अनुसन्धान र साधनापछि उपन्यास ‘विविशारा’ प्रकाशनमा ल्याएको लेखक छवि वैरागी घिमिरेले बताउनुभयो ।







