विराटचोकः नेपाल आयल निगमले आजदेखि डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।
निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ । हवाइ इन्धन पोखरा र भैरहवाका लागि ‘ब्रेक इभन प्वाइन्ट’ बिक्री मूल्य कायम गरिएको छ ।
पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।







