Friday, December 5, 2025
Homeफिचरसुकुना क्याम्पसमा स्व. दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष स्थापना

सुकुना क्याम्पसमा स्व. दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष स्थापना

विराटचोकः मोरङको सुन्दरहरैँचा १२ निवासी स्वर्गीय दुर्गाप्रसाद ढकाल तथा स्वर्गीय छायाँदेवी ढकालको १२ औँ पुण्यतिथिको अवसरमा सुकुना बहुमुखी क्याम्पसमा रहने गरी “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष” स्थापना गरिएको छ ।

ढकाल दम्पत्तिका छोरा–बुहारी गणेशप्रसाद ढकाल र श्रीमती शशी ढकाल तथा गोपाल ढकाल र श्रीमती योजना शर्मा ढकालले संयुक्त रूपमा रु. २ लाख १ हजार रुपैयाँबराबरको बैंक चेक सुकुना बहुमुखी क्याम्पस प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो । ढकाल दम्पत्तिका छोरा बुहारी “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष ” को संरक्षक रहेका छन् ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले उक्त कोषले उत्कृष्ट विद्यार्थी प्रोत्साहन, शैक्षिक विकास र सामाजिक उत्तरदायित्व प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

ढकाल परिवारका अनुसार, समाज र शिक्षाप्रतिको लगावले परिचित स्व. दुर्गाप्रसाद तथा स्व. छायाँदेवी ढकालको आदर्श मूल्यलाई दिगो रूपमा जगेर्ना गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments