Friday, December 5, 2025
Homeफिचर५३ अङ्कले बढ्यो शेयर बजार मापक सूचक

५३ अङ्कले बढ्यो शेयर बजार मापक सूचक

विराटचोकः लामो समयपछि नेप्सेमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०१ अङ्क बढेर २८१९ दशमलव १० विन्दुमा पुगेको छ ।

आज ३२१ कम्पनीको ७२ हजार ५२८ पटकको कारोबारमा १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँको शेयर किनबेच भएको छ ।

आज विकास हाइड्रोपावर सबभन्दा धेरै १० प्रतिशत बढेको छ । समता लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ६५ करोड ४२ लाख ७४ हजार २५५ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनी, ग्रीन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

सबै १३ वटै उपसमूहको परिसूचक बढ्दा विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ४० प्रतिशत बढेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब १० अर्ब ८५ करोड ४५ लाख ३७ हजार ८०३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments