सुन्दरहरैंचाः बजार खुल्नासाथ उच्च अंकले ओरालो लागेको नेपाली शेयर बजार त्यसपछि लगातार बढ्दै २७ दशमलव ७५ अंकले बढेर आइतबार २ हजार २२ दशलमव ३५ को बिन्दुमा रोकिएको छ । यसअघि असोज १० गते २ हजार विन्दुबाट बजार ओरालो लागेको थियो ।
नेप्सेमा सूचीकृतमध्ये २९५ कम्पनीका १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर १ लाख १ हजार १ सय २८ पटक किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९ सय ७९ रुपैयाँको आइतबार कारोबार भएको छ ।
नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये व्यपार, सामुहिक लगानी कोष र बैंकिङ समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी जलविद्युत समूह ५ दशलमव ५५ प्रतिशतले बढेको छ । लगानी समूह ३ दशमलव १२ प्रतिशतले बढेको छ ।
हिमाल दोलखा हाइड्रोपावरको २५ करोड १२ लाख ९० हजार ७ सय ४६ रुपैयाँको कारोबार भएको छ ।
१३ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), रिडी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, बलेफी लेफी हाइड्रोपावर, दोर्दी पावर,विन्ध्यबासिनी, सगरमाथा जलविद्युत्, भूगोल इनर्जि डेभलपमेन्ट, रावा इनर्जी, थ्री स्टार हाइड्रोपावर, हाथवे, युनियन हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
बजार बढे पनि हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशमलव ७७ प्रतिशतले घटेको छ । यसैगरी, एनएमबि लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था कालिका माइक्रोक्रेडिट लघुवित्त वित्तीय संस्थालगायतका कम्पनी उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३१ खर्ब १९ अर्ब ३२ करोड ६४ लाख ४० हजार २ सय ८ रुपैयाँ कायम भएको छ ।