Friday, December 5, 2025
Homeअर्थभोलिदेखि उर्लाबारीमा कृषि, औद्योगिक तथा पर्यटन महोत्सव सञ्चालन हुने

भोलिदेखि उर्लाबारीमा कृषि, औद्योगिक तथा पर्यटन महोत्सव सञ्चालन हुने

उर्लाबारीः उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा भोलि फागुन १५ गतेदेखि ११ दिनसम्म उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ सञ्चालन हुने भएको छ ।

आयोजकले महोत्सव सञ्चालन हुने स्थानमा हिजो पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय व्यापार, पर्यटन र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो ।

आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूका अनुसार महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुने भएको छ । महोत्सवबाट १८ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको र सो रकम आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिद गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताउनुभयो ।

महोत्सव व्यवस्थापन समितिका संयोजक चन्द्रबहादुर भट्टराई (भरत) का अनुसार महोत्सवमा १५३ वटा स्टलहरू रहनेछन् । जसमा कृषि, उद्योग, पर्यटन क्षेत्रका प्रदर्शनीहरू, सांस्कृतिक कार्यक्रमहरू, व्यापारिक स्टल रहनेछन् । ३ लाखभन्दा बढी दर्शकहरूको सहभागी हुने र करिब १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments