विराटचोकः आइतबार ६ प्रतिशत बढेको शेयर बजार हिजो सामान्य करेक्सन भए पनि आज १ दशमलव ८९ प्रतिशत अर्थात् ३६ दशमलव ८६ अंकले बढेर १ हजार ९८५ दशमलव ४४ को विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृतमध्ये २ सय ९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता शेयर ९५ हजार ४ सय ३३ पटक कारोबार हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १ सय ९६ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमा हरियाली छाउँदा सबैभन्दा बढी होटल र पर्यटन समूह ४ दशमलव ३३ प्रतिशतले बढेको छ । जलविद्युत समूह ३ दशमलव ३० प्रतिशत र वित्त समूह ३ दशमलव २३ प्रतिशतले बढ्दा जीवन बीमा समूह ३ दशमलव ०५ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सबैभन्दा धेरै १८ करोड ७ लाख ११ हजार ४ सय ८८ रुपैयाँको शेयर किनबेच भएको छ । सोनापुर आयल एन्ड मिनरल्सको १५ करोड १० लाख २९ हजार १ सय ८४ रुपैयाँ तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ३५ लाख ७८ हजार १ सय ४३ रुपैयाँको शेयर किनबेच भएको छ ।
मूल्य बढेका २१४ कम्पनीमध्ये ८ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल ९बालाजु०, धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, सोनापुर आयल एन्ड मिनरल्स, मानुषी लघुवित्त वित्तीय संस्था,त्रिशुली जलविद्युत् कम्पनी र दोल्ती पावरको शेयरमूल्य १० प्रतिशत बढेको हो ।
मूल्य घट्ने २४ कम्पनीमध्ये सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५ दशमलव ११ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३० खर्ब ६१ अर्ब २ करोड १९ लाख ३४ हजार १४ रुपैयाँ कायम भएको छ ।