Friday, December 5, 2025
Homeफिचरआज शहीद दिवस

आज शहीद दिवस

विराटचोकः देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा विविध कार्यक्रम गरेर आज शहीद दिवस मनाइँदै छ ।

हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । वि.सं. २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।

नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । यी ४ जनालाई नेपालका मुख्य शहीद मानी उनीहरूलाई मृत्युदण्ड दिएको समय पारी शहीद सप्ताह मनाउने गरिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments