काठमाडौंः विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एशियाली विकास बैंकका उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।
सो भेटघाटमा एशियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुन सक्ने सहकार्यबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ । हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकोमा मन्त्री पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गर्नुभएको छ ।