विराटचोकः सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज तोलामा ६०० रुपैयाँ बढेसँगै शुक्रबार कायम भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । तोलामा ९५ रुपैयाँ बढेर चाँदीको भाउले पनि उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २०७५ रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो ।
चाँदीको भाउले यसअघि असोज २० गते उच्च मूल्यको रेकर्ड बनाएको थियो । सो दिन चाँदीको भाउ प्रति तोला १ हजार ९८५ रुपैयाँ निर्धारण भएको थियो ।