विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पनि मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको हो ।
खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् रहेको छ ।