मादीः संखुवासभाको मादी– ७ मा रहेको जनता माध्यमिक विद्यालय बाघाले विद्यालयका शिक्षक र अभिभावाकबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । शिक्षक, विद्यार्थी र अभिभावकको सहसम्बन्धले नै सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले आयोजित अन्तरक्रियामा माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरू, कक्षा ९ –१० का विद्यार्थी, मादी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रत्नबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति थियो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य विदुरकुमार लिङ्थेपले विद्यार्थीहरुको चौतर्फी विकासका लागि शिक्षक, अभिभावक, विद्यालय र विद्यार्थीले अपनाउनुपर्ने रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो ।