विराटचोकः राष्ट्रिय युवा संघ सुन्दरहरैंचाको आयोजनामा मोरङको सुन्दरहरैँचामा कोशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ ।
यही असोज १७ देखि १९ गतेसम्म सुन्दरहरैँचा १० को प्लानेट लाउञ्जमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका २० टिम सहभागी हुने भएका छन् । आयोजक राष्ट्रिय युवा संघका नगर अध्यक्ष भविनजंग पाण्डेका अनुसार पहिलो पटक हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा विजेता हुने टिमलाई ट्रफीका साथमा नगद रू १ लाख १ हजार तथा उपविजेतालाई नगद रु ५१ हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, फाइनल खेलका म्यान अफ द म्याच, बेस्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदा नगरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित खर्च ७ लाख रहेको बताइएको छ । प्रतियोगितामा इलाम, धनकुटाको राजारानी, झपाको दमक, सुनसरीका इटहरी, तरहरा र धरान, मोरङका रतुवामाई, उर्लाबारी, केराबारी, लेटाङ, विराटनगर, पथरी, बेलबारी र आयोजक सुन्दरहरैंचाका दुई टिमको सहभागिता हुने खेल संयोजक तथा राष्ट्रिय युुवा संघका मोरङ इन्चार्ज मनोज राईले बताउनुभयो ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचाका प्रवक्ता रोशनप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।