काठमाडौंः नेपालमा असोज १ गतेलाई चलचित्र दिवसको रुपमा मनाइन्छ । चलचित्र विकास बोर्डले सन् २०१२ देखि हरेक वर्ष असोज १ गतेका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । चलचित्र बिकास बोर्ड ३० जुन २००० मा स्थापना भएको हो ।
सन् १९५१ मा नेपाली भाषाको पहिलो चलचित्र भारतको कोलकत्तामा निर्माण गरिएको सत्य हरिशचन्द्र हो । जसलाई डि बी पराजुलीले निर्माण गरेका थिए । नेपालमै बनेको पहिलो नेपाली चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन भएको थियो ।