Monday, December 23, 2024
Homeप्रविधिआज वास्तु दिवस

आज वास्तु दिवस

विराटचोकः हरेक वर्ष असोज १ गते वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माण संरचनाहरूको ढाँचा तयार गर्दा वास्तुलाई प्राथमिकतामा राखिन्छ ।

अचेल यो चलन पूर्वीय सभ्यतामा मात्र नभई पश्चिमी सभ्यतामा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचीनतम् विज्ञान, वेद र खोजको धार हो । विश्वकर्मा बाबा निर्माणका पर्याय तथा वास्तुविधाका पनि जानकार भएका हुनाले विश्वकर्मा पूजाकै दिन वास्तुकला दिवस पनि मनाउन थालिएको हो ।

दिशा र कोणहरू निर्धारण गरेर, पञ्चतत्वको अवस्थिति अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरूपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको बास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर सिंगापुर रहेको बताइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments