विराटचोकः हिजो गिरावट आएको शेयर बजारमापक नेप्से परिसूचक आज ० दशमलव १३ प्रतिशत अर्थात् ३ दशमलव ८० अङ्कले बढेर २ हजार ७८६.४० विन्दुमा अडिएको छ ।
३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर १ लाख ६८ हजार १७५ पटक किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटा समूहमा रातो पोतिएको छ । लगानी समूह सबैभन्दा धेरै १ दशमलव ०१ प्रतिशतले बढ्दा बैंकिङ समूह ०.९२ प्रतिशत, होटल ०.०९, हाईड्रो समूह ०.४९, उत्पादन तथा प्रशोधन ०.०३, म्युचुअल फण्ड ०.९३ र अन्य समूह ०.०९ प्रतिशतले बढेका छन् ।
वित्त समूह आज सबैभन्दा धेरै १ दशमलव ६९ प्रतिशतले घट्दा विकास बैंक समूह ०.८० प्रतिशत, जीवन बीमा ०.४४ प्रतिशत, लघुवित्त १.०८ प्रतिशत, निर्जीवन बीमा ०.९७ र व्यापार समूह १.४३ प्रतिशतले घटेका छन् ।
आज चन्द्रागिरी हिल्सको सर्वाधिक ४३ करोड ७ लाख ८६ हजार ९४९ रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४१ करोड ५९ लाख, िहमालयन रि इन्स्योरेन्सको ३८ करोड १० लाख, अपि पावरको ३३ करोड ९७ लाख र अरुण भ्याली हाईड्रोको ३२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज लिबर्टी इनर्जी, हिमालयन हाईड्रोपावर र मिड सोलु हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ६.८८ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब ३९ करोड १५ लाख ७२ हजार ८२३ रुपैयाँ र फ्लोट मार्केट पूँजीकरण १५ खर्ब ६१ अर्ब ८७ करोड ९६ लाख ३७ हजार ४६६ रुपैयाँ कायम भएको छ ।