गछियाः दुलारी सरोकार मञ्चको तेस्रो वार्षिक साधारण सभाबाट हिरण्य कालाखेती (अर्जुन) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार भएको साधारणसभाबाट उपाध्यक्षमा चिरञ्जीवी रेग्मी, महासचिवमा निरोध सुवेदी, सचिवमा बिमल भट्टराई र कोषाध्यक्षमा उमा सुवेदी चयन हुनुभएको छ ।
सदस्यहरुमा ज्ञानेन्द्र पुरी, नगेन्द्रप्रसाद सिग्देल, लीलाप्रसाद अधिकारी, मातृका दाहाल, अर्जुन कार्की र तीर्थकुमार पोखरेल चयन हुनुभएको छ ।
ज्येष्ठ नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्यता तथा नागरिक समाज सुन्दरहरैचाका सचिव तथा गछिया जेसिजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद घिमिरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
नयाँ कार्यसमिति चयनका लागि सञ्जु शिवाकोटीको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा प्रदीप बिष्ट र खडानन्द लम्साल रहनुभएको थियो ।