विराटचोकः हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आज असार १९ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निस्कासनका लागि भोलि बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएको छ ।
त्यस्तै, नागरिक लगानी कोषको १४ प्रतिशत स्टक लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रदान गर्ने सो लाभांश २९ औं वार्षिक साधारण सभाले असार ३१ गते पारित गर्नेछ ।