Tuesday, December 24, 2024
Homeकला र साहित्यकौराह र सोरठी नृत्यसम्बन्धी प्रशिक्षण सम्पन्न

कौराह र सोरठी नृत्यसम्बन्धी प्रशिक्षण सम्पन्न

विराटचोकः नृत्य निर्देशक संघ मोरङको आयोजनामा कौराह र सोरठी नृत्यसम्बन्धी प्रशिक्षण सुन्दरहरैंचामा सम्पन्न भएको छ । प्रशिक्षणमा ती दुई नृत्यको उत्पत्ति, ऐतिहासिक पृष्ठभूमि, प्रयोग हुने बाजा, बजाउने तरिका, गाउने तरिका, प्रयोग हुने पोशाक, पोशाक लगाउने तरिका र नृत्य गर्ने तरिका सिकाइएको थियो ।

शनिबार जेसीज भवनमा भएको कार्यक्रममा ३० जनाभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई नृत्य निर्देशक संघ गण्डकीका प्रथम उपाध्यक्ष नेत्रबहादुर गुरुङ, सदस्य जलन गुरुङ, सह कोषाध्यक्ष पवित्रा गुरुङ र साधारण सदस्यहरु शोभा थापा मगर र कमल आले मगरले प्रशिक्षण दिनुभएको थियो ।

पश्चिमी भेगमा प्रचलित लोक नृत्यलाई पूर्वी भेगसम्म सहज बिस्तार गर्न नृत्य प्रशिक्षकलाई तालीम दिइएको संघका मोरङका अध्यक्ष इन्द्रजीत मगरले बताउनुभयो ।

पूर्वी भेगमा प्रचलित लोक नृत्यलाई पश्चिमी क्षेत्रमा नृत्य गर्ने सिकाउने विषय पनि अघि सारिएको बताइएको छ ।

कार्यक्रममा एसईई आइडल २०८१ की फस्ट रनर अप कामना श्रेष्ठलाई सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments