Tuesday, December 24, 2024
Homeखेलकुदप्रथम लेटाङ मेयरकप क्रिकेटको उपाधि राजारानी किंग्सलाई

प्रथम लेटाङ मेयरकप क्रिकेटको उपाधि राजारानी किंग्सलाई

लेटाङः मोरङको लेटाङमा सम्पन्न प्रथम लेटाङ मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि राजारानी किंग्सले जितेको छ । लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा शनिबार भएको फाइनल खेलमा चिसाङ वारियर्सलाई २९ रनले पराजित गर्दै राजारानी किंग्सले उपाधि जित्न सफल भएको हो ।

उपाधि विजेता राजारानीले नगद ६८ हजार सहित ट्रफी हात पारेको छ भने उपविजेता चिसाङ वारियर्सले नगद ३५ हजार प्राप्त गरेको छ । राजारानीले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको चिसाङ ९ विकेटको क्षतिमा १ सय १६ रनमा सीमित भएपछि उपाधि राजारानीको पोल्टामा पुगेको थियो ।

राजारानीलाई जीत दिलाउने क्रममा मिसन श्रेष्ठले ३, सुन्दर साँवाले २ तथा करण श्रेष्ठ, द्रोर्ण मगर र निकेस पौडेलले समान १–१ विकेट लिए ।

चिसाङ वारियर्सका लागि प्रेम विवश श्रेष्ठले २२, उत्तम ढकालले १६, जीतनारायण दासले ११ र विवश श्रेष्ठले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । पहिलो इनिङ्गसमा टस जितेर राजारानीलाई चिसाङले ब्याटिङको निम्तो दिएको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच राजारानीका नोर्बु तामाङ घोषित भए । यस्तै वाराजी ह्याप्पीका शिखर घिमिरे उदीयमान खेलाडी घोषित हुँदा राजारानीका मिसन श्रेष्ठले उत्कृष्ट बलरको उपाधि पाए । राजारानीका द्रोर्ण मगरले म्यान अफ दी सिरिज र उत्कृष्ट ब्याट्सम्यानको उपाधि जिते ।

विभिन्न विधामा उत्कृष्ट भएका सबै खेलाडीहरुले मेडल र नगद पुरस्कार प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीलाई लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला लगायतले ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

खुला अक्सनका आधारमा खेलाडीहरुलाई विभाजन गरी राउन्ड रोविनका आधारमा टि ट्वान्टी फर्मेटमा सञ्चालन गरिएको खेलमा ४ टिम सहभागी थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments