तस्बिरः कृष्णचन्द्र सुवेदी
भेडेटारः धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारबाट चौबिसे गाउँपालिकाको राजारानी जाने सडकको नाम्जे खण्डमा पहिरो जाँदा यातायातका साधन रोकिएका छन् ।
हिजो राति परेको पहिरोले सो सडक खण्ड पुर्दा यातायातका साधन नचलेका हुन् । अहिले पहिरो हटाउने काम भइरहेको छ । नाम्जे क्षेत्रमा २ वटा पहिरो झरेर बाटो अवरुद्ध भएको छ ।
१० बजेसम्ममा सो बाटोमा रहेको अवरोध हटाउने गरी काम भइरहेको बताइएको छ ।
घरबास (होम स्टे) का लागि नाम्जे नेपालमै प्रख्यात ठाउँ हो ।