तस्बिरः मणिराम दाहाल
नगर खेलकुद विकास समिति सुन्दरहरैंचाको आयोजनामा बैशाख २७ गते बिहीबारदेखि उपमेयर कप महिला भलिबल २०८१ हुने भएको छ ।
आयोजकका अनुसार ८ वटा टिमको सहभागी हुने प्रतियोगितामा ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजक समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठका अनुसार प्रतियोगितामा लेटाङ, सुन्दरहरैँचा, पथरी, बुढीगंगा, रतुवामाई, कानेपोखरी, बेलबारी र केराबारीका टिम सहभागी हुनेछन् ।
सुकुना माविको खेल मैदानमा हुने प्रतियोगितामा पहिलो हुने टिमले रू ५० हजार रुपैयाँ र दोस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको नगर प्रवक्ता रोशनप्रसाद ढकालले बताउनुभयो ।