Tuesday, December 24, 2024
Homeफिचरविकास बैंकमा झुम्मिए लगानीकर्ता, २००० माथि पुग्यो नेप्से सूचक

विकास बैंकमा झुम्मिए लगानीकर्ता, २००० माथि पुग्यो नेप्से सूचक

गोठगाउँः केही दिन लगातार बढिरहेको वित्त समूहको सूचक आज रातो भएको छ भने बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । आज विकास बैंकतर्फ लगानीकर्ता झुम्मिँदा विकास बैंक समूहको सूचक उच्च प्रतिशत अर्थात् ४ दशमलव ९० प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जको बजार मापक सूचक आज मंगलबार नेप्से परिसूचक २५ दशमलव ९३ अंक अर्थात् १ दशमलव ३० प्रतिशतले बढेर २००६ दशमलव २८ बिन्दुमा बन्द भएको छ ।

आज ३२० कम्पनीको ७५ हजार २७१ पटकमा १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँको शेयर किनबेच भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्दा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.१८ प्रतिशत घटेको छ ।

आज साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै १८ करोड २४ लाख २८ हजार १९२ रुपैयाँको शेयर किनबेच भएको छ पोखरा फाइनान्सको १७ करोड १ लाख ४७ हजार २३१ रुपैयाँको र गोर्खाज फाइनान्सको १६ करोड २५ लाख ४१ हजार ९८३ रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३१ खर्ब ८१ अर्ब २० करोड १६ लाख २९ हजार ४११ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments