विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत चयन भएका छन । शनिबार भएको उम्मेद्वारी मनोनयन दर्तामा कार्कीको मात्र उम्मेद्वारी परेपछि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यद्यपि निर्वाचन समितिले औपचारिक रुपमा त्यसको घोषणा भने २१ गतेमात्रै घोषणा गर्नेछ ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल, प्रथम उपाध्यक्षमा डोलेश्वर तिम्सिना, वाणिज्य उपाध्यक्षमा उज्ज्वल थापा, अन्तरराष्ट्रिय उपाध्यक्षमा डिल्लीप्रसाद ढकाल, महासचिवमा हरि कार्की, उद्योग सचिवमा शारदाप्रसाद ढकाल, वाणिज्य सचिवमा राम बस्नेत (विप्लव), एसोसिएट सचिवमा मनोज गुरागाई, अन्तरराष्ट्रिय सचिवमा नायकप्रसाद धमला(नारायण), लेखा संयोजकमा रुद्र थापा, लेखा सदस्यमा धरणीधर दाहाल र कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् ।
संघको उद्योग सचिवमा नगेन्द्रप्रसाद दाहाल र गोविन्दप्रसाद अधिकारी, उपमहासचिवमा रामकृष्ण खड्का र महेन्द्रकुमार आचार्य तथा कोषाध्यक्षमा कृष्णप्रसाद ओझा र रञ्जु आचार्यको उम्मेद्वारी परेको छ । उम्मेद्वारी फिर्ताको लागि चैत २० गते बेलुका ४ बजे सम्मको लागि निर्वाचन समितिले समय निर्धारण गरेको हुनाले सो दिनसम्म उम्मेद्वारी फिर्ता लिएमा अन्य यी ३ पद पनि निर्विरोध हुन सक्ने सम्भावना देखिन्छ ।