Tuesday, December 24, 2024
Homeफिचरकांग्रेस, एमाले र माओवादी पार्टी त्यागेर राप्रपामा प्रवेश

कांग्रेस, एमाले र माओवादी पार्टी त्यागेर राप्रपामा प्रवेश

विराटचोकः शुक्रबार सुन्दरहरैंचा १० मा राष्ट्रिय प्रजातन्त्र पार्टी सुन्दरहरैंचाको आयोजनामा भएको जनजागरण सभामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र त्याग गरेर २० जनाभन्दा बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय रवीन्द्र मिश्र र बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले अबिर र रुद्राक्षको माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

जनजागरण सभालाई पार्टी अध्यक्ष लिङ्देन, उपाध्यक्षद्वया मिश्र र तामाङ, पार्टी प्रवक्ता शाही, खुस्बु ओलीलगायतले सम्बोधन गर्नुभएको थियो ।

राप्रपाले चैत २७ गतेदेखि काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ । सोही आन्दोलनको जानकारी दिने उद्देश्यले देशभर अहिले राप्रपाले जनजागरण सभा गरिरहेको छ ।

माओवादी त्यागेका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments