Friday, December 5, 2025
Homeफिचरसुकुना क्याम्पसमा पूर्व विद्यार्थी समाजले गर्याे शेयर सचेतना कार्यक्रम

सुकुना क्याम्पसमा पूर्व विद्यार्थी समाजले गर्याे शेयर सचेतना कार्यक्रम

विराटचोकः पूर्व विद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पसले शुक्रबार क्याम्पसमा शेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिहानी र दिवासत्रमा सञ्चालन गरिएको कार्यक्रममा एमबिएस‚ बिएड‚ बिबिएस, बिए, बिएस्सी र बिबिएमा अध्ययनरत करीब ५०० विद्यार्थीका साथै शिक्षक र कर्मचारी सहभागी भएका थिए ।

कार्यक्रममा विशेषज्ञका रुपमा एसपिएसए सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ८७) का चार्टर एकाउण्टेण्ट एवम् निर्देशक सुभाष आचार्य र मोहन चौलागाई रहनुभएको थियो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीका अनुसार विशेषज्ञहरुले शेयर बजारको अर्थ‚ उद्धेश्य‚ शेयर बजारमा प्रवेश गर्ने तरिका‚ यसका फाइदा‚ शेयर कारोबारबाट फाइदा आर्जन गर्ने तरिका‚ शेयर बजारमा अपनाउनुपर्ने सावधानीहरू‚ शेयर कारोबारका तरिकाहरू‚ ब्रोकर बन्नका लागि हुनुपर्ने गुण तथा कार्यहरू‚ शेयर कारोबारबाट गर्न सकिने आर्थिक तथा व्यवसायिक प्रगति‚ शेयरबजारले अर्थतन्त्रमा पार्ने बहुआयामिक प्रभावका विषयमा जानकारी दिनुभएको थियो ।

समाजका सहसचिव लाबण्यकुमार अधिकारीले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा आवधिक रुपमा यस्ता सिर्जनात्मक र सचेतना कार्यक्रमहरू समाजले प्रस्तुत गरिरहने जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments