Sunday, November 22, 2026
Homeखेलकुदसुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि, तेस्रो प्रयासमा उपविजेताबाट विजेता

सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि, तेस्रो प्रयासमा उपविजेताबाट विजेता

विराटचोकः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ ।

सुदूर पश्चिमका विदेशी खेलाडी जर्ज मन्सले आक्रामक ब्याटिङ गर्दै शतक बनाएपछि साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोएल्सले कुनै विकेट नगुमाई पूरा गर्दै च्याम्पियन बनेको हो ।

उपाधि विजेता सुदूर पश्चिमले १ करोड ५० लाख, उपविजेता लुम्बिनीले ६० लाख, तेस्रो बनेको चितवनले ३० लाख र चौथो बनेको काठमाडौंले २० लाख रुपैयाँ पुरस्कार पाए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments