काठमाडौंः आज सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ ।
पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारिएको हो ।
जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको जनाइएको छ ।
जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको छ । जबराका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको जनाइएको छ ।
केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व प्रधानान्यायाधीश राणालाई उनकै घरबाट मध्यराति पक्राउ गरेर १२ घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो ।





