लेटाङः नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेटाङ ४ को वडा अधिवेशन सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्यहरू चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले प्रह्लाद खड्का (रुपेश) को अध्यक्षतामा १९ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ ।
सो कमिटीको उपाध्यक्षमा सुवास लिम्बू, सचिवमा गोपाल तामाङ, उपसचिवमा भीमाकुमारी वि.क. (शान्ता) र दौलत राई चयन हुनुभएको छ ।
सदस्यमा रुपा बराइली, गंगा श्रेष्ठ, तारा लामा, शान्तिमाया राई, जीना उदास (मेनुका), अमिसा तिरुवा, गीता श्रेष्ठ, भगवती खाती, नितम श्रेष्ठ, मनोज लिम्बू, रम्पा तामाङ, पुष्पा भुजेल, निशान भुजेल र राममाया श्रेष्ठ चयन हुनुभएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य दिपेश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु विष्णु मगर, चम्पा थापामगर लगायतको आतिथ्यता रहेको थियो ।





