Wednesday, September 9, 2026
Homeसमाचारजेनजी शहीदको स्मृतिमा तरहरामा दीप प्रज्वलन

जेनजी शहीदको स्मृतिमा तरहरामा दीप प्रज्वलन

इटहरीः सुनसरी नवयुवा संगठनको आयोजनामा जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरूको प्रथम स्मृति दिवसका अवसरमा इटहरीको तरहरास्थित बास्केटबल कोर्टमा दीप प्रज्वलन गरिएको छ ।

‘जेनजीहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम’ नाम दिइएको कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले दिवङ्गत जेनजीहरूको आत्माको चिरशान्तिको कामना गर्दै उनीहरूले उठाएका सुशासन, भ्रष्टाचारविरुद्धको अभियान तथा सामाजिक परिवर्तनका मुद्दालाई स्मरण गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments