Monday, September 7, 2026
Homeकला र साहित्यप्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पित

प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पित

इलामः साहित्यकार प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ इलाममा लोकार्पण गरिएको छ । पौडेलको यो सातौँ कृति हो ।

इलाम नगरपालिका अन्तर्गतको साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा नगरप्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा महाकाव्य लोकार्पण गरिएको हो । सो महाकाव्यमा २ हजार २ सय ५१ श्लोक, १७ सर्ग र १६ छन्द प्रयोग गरिएको छ ।

महाभारतकालीन कथालाई नयाँ ढंगले प्रस्तुत गरिएको कृतिको प्रमुख पात्र कर्ण हुन् । कर्णको संघर्ष र जीवनसँग जोडिएका महिला पात्र तथा उनीहरूले भोगेका पीडालाई कृतिमा समेटिएको बताइएको छ । महाभारतकालीन महिला र वर्तमान समयका महिलाले भोग्दै आएका पीडा, दुःख र संघर्षलाई तुलनात्मक रूपमा प्रस्तुत गर्न खोजिएको तथा समाजमा विद्यमान बेथिति र महिलाका संघर्षलाई आधार बनाएर महाकाव्य लेखिएको उहाँको भनाइ छ ।

२०५९ सालदेखि कृति लेखन शुरु गरेकी उनका ‘गंगा’ खण्डकाव्य, ‘झुल्केघाम र तृष्णा’, ‘अक्षरमा मेची–मूच्र्छना’, ‘पूर्वाञ्चलीय नारी स्रष्टा कोष’, ‘पूर्वका साहित्य सारथि’, ‘सन्धान’लगायत कृति प्रकाशित छन् ।

महाकाव्य ‘तितिक्षा’माथि साहित्यकर्मी इन्द्रनारायण सुवेदी, अन्वेष थुलुङ, सोम निरौला र टीका घिमिरेलगायतले समीक्षा गरेका थिए । कार्यक्रममा कवि विमल वैद्यलगायतले शुभकामना मन्तव्य दिएका थिए । साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले ‘तितिक्षा’ सम्भवतः नारीद्वारा लिखित पूर्वकै पहिलो महाकाव्य भएको उल्लेख गरेका थिएक।

नगरप्रमुख थापाले साहित्य क्षेत्रमा महिलाको उपस्थिति तुलनात्मक रूपमा कम रहे पनि पौडेलले निरन्तर सिर्जनाबाट आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताए ।

साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार, स्रष्टा, कलाकर्मी तथा साहित्यप्रेमीको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments