Monday, September 7, 2026
Homeकला र साहित्यवीणा जोशीलिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार

वीणा जोशीलिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार

विराटचोकः २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई दिइएको छ ।

मदन पुरस्कार गुठीका अध्यक्ष दीक्षितले उत्कृष्ट १० कृतिमध्येबाट सो पुस्तक चयन गरिएको बताउनुभयो । पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो ।

वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्ये बढीमा १० वटा कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको छ ।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक २०१३ सालमा गद्य, सामाजिक शास्त्र र विज्ञान विधाका तीन कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

त्यसपछि भने पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिन्छ । पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments