खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार राईमाथि हिजो साँझ ७ बजे खाना खाएर चुठ्ने क्रममा बाहिर बाहिर निस्किँदा भरुवा बन्दुकबाट गोली प्रहार भएको थियो ।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा पर्ने र घटनाबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोली शिक्षक राईको देब्रे कोखामा लागेको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।





