Friday, September 4, 2026
Homeफिचरभोलि पञ्चायत मावि गोठगाउँमा पूर्व विद्यार्थीको भेला हुँदै, विद्यालयको गरिमा बढाउन संस्थागत...

भोलि पञ्चायत मावि गोठगाउँमा पूर्व विद्यार्थीको भेला हुँदै, विद्यालयको गरिमा बढाउन संस्थागत रूपमा पहल गर्ने योजना

गोठगाउँः भोलि भदौ २० गते मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको पञ्चायत माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीको भेला हुने भएको छ ।

सो विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई एकजुट बनाई विद्यालयको विकास र समृद्धिमा योगदान पुर्याउने उद्देश्यले बृहत् पूर्व विद्यार्थी भेला आयोजना हुने लागेको भेला आयोजक समितिका संयोजक बलभद्र बिष्टले जानकारी दिनुभयो ।

आयोजक समितिले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार भोलि बिहान ११ बजे पूर्व विद्यार्थीहरूको भेला आयोजना गरी विद्यालयको विकासमा सामूहिक योगदान पुर्याउन छलफल गरिनेछ । विद्यालयले आफूलाई ज्ञान, शिक्षा र संस्कार दिएको हुनाले पूर्व विद्यार्थीहरू पनि आफ्नो विद्यालयप्रतिको जिम्मेवारी सम्झेर विद्यालयको समृद्धिमा सकेको योगदान दिन तयार हुनुपर्छ भनेर भेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

पूर्व विद्यार्थी समाज गठन गरी पुराना सम्बन्धलाई जोड्दै पूर्व विद्यार्थीबीच एकता र सहकार्य बढाउने तथा विद्यालयसँगको आत्मीय सम्बन्ध अझ मजबुत बनाउने उद्देश्य राखिएको जनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले विद्यालयबाट शिक्षा लिएर विभिन्न क्षेत्रमा स्थापित हुनुभएका पूर्व विद्यार्थीहरू विद्यालयका महत्वपूर्ण सम्पत्ति भएकाले उहाँहरूको ज्ञान, अनुभव, सीप र सहयोगलाई विद्यालयको विकाससँग जोड्न सके विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा अघि बढाउन सकिने हुनाले पूर्व विद्यार्थीको भेला र सो भेलाले गर्ने निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको बताउनुभयो ।

‘तपाईंको उपस्थिति, हाम्रो शक्ति, तपाईंको योगदान, विद्यालयको समृद्धि’ भन्ने नाराका साथ भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments